९ असार २०८१, आइतबार

प्रधानमन्त्री भन्छन्, ‘केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा ठेस लाग्छ’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ठेगान लगाउने सोच नराख्न पार्टीका खनाल-नेपाल पक्षलाई चेतावनी दिएका छन् । आज एमालेको महिला संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले पार्टीमा काम गर्नका लागि फर्किन नेपाल पक्षलाई आग्रह गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

सर्वोच्च अदातलले नेकपा एकीकरण खारेज गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरेर नेकपा एमाले ब्युतियाइदिएपनि अन्तत: नेकपा एमाले विभाजन हुने संकेत देखिएको छ ।

ओली र प्रचण्डको व्यक्तिगत सत्ता र शक्ति संघर्षले राजनीतिक रुपमा नेकपा विभाजन भएर पनि सर्वोच्च अदालतले पुन:एकीकरण गर्न सक्ने फैसला गरेतापनि अव ओली पक्ष र खनाल-नेपाल पक्षको शीतयुद्धले गर्दा फेरि नेकपा एमाले विभाजनको संघारमा पुगेको देखिन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल निकट केन्द्रिय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । तीन महिनाअघि पुस ७ गते तत्कालीन नेकपा विभाजन भएर अलग समूहमा लागेका केपी ओली र माधव नेपाल पक्ष एमाले ब्युतिएपनि पुनः विभाजनको चरणमा पुगेका हुन् ।

उनले कसैलाई पार्टीबाट ननिकालेको र पार्टी सञ्चालनका लागि केही नेताहरूलाई कामको जिम्मा दिइएको बताए । उनले ७ गते बैठकमा आएर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आउन भने । उनले बाटो बिराएका र भड्किएका नेताहरूलाई सम्झाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !