७ मंसिर २०८१, शुक्रबार

ओलीले विधान विपरीत दादागिरी शैलीमा काम गरेको भन्दै रामकुमारी झाक्रीले दिइन् यतिठुलो चेतावनी


रामकुमारी झाक्री File Photo

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीले एकदमै गलत काम गरिरहेको आरोप लगाएकी छन्। ओलीले विधान विपरीतको यो ज्यादती र कम्यूनिष्ट आन्दोलनको विसर्जन रहेको झाक्रीको आरोप छ ।

झाक्रीले सामाजिक संजाल ट्वीटरमा लेखेकी छन्, “जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !