७ असार २०८१, शुक्रबार

१ नम्बर प्रदेशमा २ पदमा निर्वाचन हुने


प्रदेश नं १

२३ माघ, विराटनगर । १ नम्बर प्रदेशकोमा २४ गते अर्थात भोलि हुन लागेको राष्ट्रियसभा निर्वाचन २ पदका लागि निर्वाचन हुँदै छ । मतदानका लागि विराटनगरस्थित वीरेन्द्र सभागृहमा २ वटा मतदानस्थल तोकिएको छ ।

२ वटा मतदानस्थलमा ८ वटा मतपेटिका रहने मतदान अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए । प्रदेश सांसदका लागि वीरेन्द्रसभागृहको उत्तरपट्टि तोकिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दक्षिणतर्फ मतदानस्थल तोकिएको छ ।

बिहान १० बजेदेखि सुरु हुने मत गणनाको समय दिउँसो ३ बजेसम्मका लागि छुट्याइएको छ । मतदान सकिएर गणना सुरु भएको २ घण्टाभित्र मत परिणाम सार्वजनिक गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !