९ असार २०८१, आइतबार

माधव नेपाल भन्छन्, ‘राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्करण लेख्छु’


माधव नेपाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए ।

आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए ।

उनले भने, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।” पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !