१२ पुस २०८१, शुक्रबार

सत्तामा टिकिरहन प्रधानमन्त्री ओलीको यतिठुलो रणनीति


जसपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटघाट भएको छ । जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई लगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले आजको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएको नेता कर्णको भनाइ छ । कार्यदल स्तरमा थप छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।

जसपासँग छलफलका लागि नेकपा (एमाले) का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ । यस्तै जसपाका तर्फबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ । सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !