८ असार २०८१, शनिबार

ओली हटाऊॅ देश बचाऊॅ भन्दै डा. बाबुराम भट्टराईले दिए ओलीलाई कडा चेतावनी


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेटपनि सत्तामा बसिरहने कुनै तुक नभएको टिप्पणी गरेका छन् । भट्टराईले प्रधानमन्त्री ओलीलाई नेपाली प्रतिगमनका मुख्य खलनायकको रुपमा चित्रण गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक स्टाटस लेख्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीले उल्टै अरुको शिकारमा विषाक्त घाँस हालिरहेको पनि आरोप लगाएका छन् । डा. भट्टराईलेओली हटाएर देश बचाउनुपर्ने पनि धारणा राखेका छन् ।

डा. भट्टराईलेलेखेका छन्, “अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !