१४ असार २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्यो रे : सूर्य थापा


सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भनेर माग उठेको विषयमा टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा वाहियता र बकवासमात्रै भएको उनको भनाई छ । सामाजिक सञ्जाल फेशबुकमा थापाले प्रधानमन्त्री ओलीले किमार्थ राजीनामा नदिने दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्-“प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप-याे रे ? वाहियात ! याे बकवास मात्र हाे, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । प्रचण्डकाे गृहकार्य बाेकी नेकपा(एमाले)मा बसेर यस्ताे काेसिश गर्न नखाेज्नु नै श्रेयस्कर हुन्छ । सके पाँच बर्ष सरकार चलाउन उहाँकाे सहयाेगी बन्नु, नसके यस्ताे निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ ! राजीनामाको बेमाैसमी बाँसुरी धेरै बजाउन खाेज्दा के हविगत भयाे र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !