८ असार २०८१, शनिबार

महाशिवरात्रीको दिन डा. बाबुराम भट्टराईले दिए यस्तो कडा प्रतिक्रिया


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका डा. बाबुराम भट्टराईले महाशिवरात्रीको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गरेका छन्। भट्टराईले सबैको आस्थाको सम्मान गर्न आग्रह समेत गरेका छन्।

सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै भट्टराईले नेपालको परम्परागत पहिचान धार्मिक/सांस्कृतिक सहिष्णुताको रक्षा गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, “महान् पर्व महाशिवरात्रीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! सबैको आस्थाको सम्मान गरौं; नेपालको परम्परागत पहिचान धार्मिक/सांस्कृतिक सहिष्णुताको रक्षा गरौं !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !