२० कार्तिक २०८१, मंगलबार

निर्वाचन आयोगद्वारा गोपाल किराँती र सन्ध्या तिवारीलाई पार्टीको नाम फेर्न १५ दिन म्याद


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेर्न आग्रह गरेको छ । आज मंगलबार आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको निकालेको प्रेस विज्ञप्तिमा सम्वन्धित व्यक्तिलाई जानकारी दिएको हो ।

आयोगले नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधार सहितको विवरण पेश गर्न भनेको छ । तर सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ । उक्त पार्टीले पहाडबाट उदाउँदै गरेको सूर्य चिन्ह लिएको थियो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उक्त नाममा आयोगमा यसअघि दर्ता भएका किराँती र तिवारी नेतृत्वको पार्टीको नाम सुधार गर्न आयोगले आग्रह गरेको हो ।

निर्वाचन आयोगद्वारा गोपाल किराँती र सन्ध्या तिवारीलाई पार्टीको नाम फेर्न १५ दिन म्याद

यो पनि पढ्नुहोस्

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगद्वारा खारेज

एमाले र माओवादीलाई आयोगले दियो यतिठुलो मौका : एकीकरणको लागि १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !