१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

विप्लव आज सार्वजनिक हुँदै


केपी ओली र विप्लव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय सभागृहको एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दैछन् । नेपाल सरकार र विप्लव समूहबीच सहमति भएपछि विप्लव आज सार्वजनिक हुँदैछन् ।

दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको विज्ञप्ति जारी गर्दै आज फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेको बताएका थिए ।

सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री ओली र विप्लवले समेत सम्बोधन गर्न लागेका हुन् । केपी ओली नेतृत्वको सरकारले नै विप्लव समूहलाई २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

हिजो जारी गरिएको संयुक्त प्रेस नोटमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख भए पनि विप्लव समूहसँग भएका हतियारको व्यवस्थापनको विषय उल्लेख छैन । राष्ट्रिय सभागृहको समारोहमा सरकार र विप्लव समूहले हतियार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिने अनुमान गरिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक सफलता हात पारे । लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याउनुलाई प्रधानमन्त्री ओलीको ठुलो सफलता मानिएको छ ।

हिजो बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ सफलतापूर्वक टुङ्गिएको छ । यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।

गृह मन्त्रालयका अनुसार ३ वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो तर अब एउटा मात्रै समूह अस्तित्वमा छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताउदै गोइत समूह मात्रै मूलधारमा आउन बाँकी छ । देशमा हिंसा विसर्जनको अवस्थामा आउनु सुखद पक्ष हो । मिडियाले राम्रो काम गर्दा सरकारको प्रयासलाई प्रशंशा गर्न पनि पछि पर्नु हुदैन ताकी आलोचना मात्र होइन ।

यो पनि पढ्नुहोस्

ओली सरकारको ठुलो सफलता : दुई ठुला ‘अतिवाद’ को विसर्जन

ओली सरकारको सफलता : ४३ सशस्त्र समूहले छाडे हिंसाको बाटो, अब एउटा मात्रै समूह अस्तित्वमा

प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु