१२ बैशाख २०८१, बुधबार

ओली सरकारको ठुलो सफलता : दुई ठुला ‘अतिवाद’ को विसर्जन


सीके राउत र नेत्रविक्रम चन्द

काठमाडौँ । २०७२ सालमा नयाँ संविधान जारी भएपछि मूलधारका राजनीतिक शक्तिहरु त्यही संविधानको वरिपरि गोलबद्ध भए । उनीहरु संविधानको स्वामित्व लिँदै संसदीय राजनीतिको बाटो हिँड्न थाले । तर यही समयमा संविधानलाई नै चुनौती दिँदै दुइटा राजनीतिक प्रवृत्ति झाँगिए – एउटा उग्रवामपन्थी र अर्को विखण्डनवादी ।

संविधानले पक्रेको संसदीय राजनीतिको बाटो नै बदल्नुपर्ने भन्दै त्यसका लागि हिंसात्मक विद्रोहसम्म गर्ने योजनासहित ‘उग्रवामपन्थी’ प्रवृत्तिको नेतृत्व नेत्रविक्रम चन्दले गरेका थिए । उता मधेसलाई छुट्टै देश बनाउने योजनासहित ‘विखण्डनवादी’ प्रवृत्तिको नेतृत्व सीके राउतले गरेका थिए ।

दुवैले संविधानलाई चुनौती दिँदै गतिविधि अघि बढाउन थालेपछि राज्य पक्ष र मूलधारका राजनीतिक शक्तिहरूलाई टाउको दुखाइ भएको थियो । संविधान निर्माणको साढे ५ वर्षभित्रै यी दुवै अतिवादी प्रवृत्तिले तत्कालका लागि सुरक्षित अवतरण गरेका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खानाले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

ओली सरकारको सफलता : ४३ सशस्त्र समूहले छाडे हिंसाको बाटो, अब एउटा मात्रै समूह अस्तित्वमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !