४ आश्विन २०८१, शुक्रबार

भारतसँग दिर्घकालिन रुपमा सहकार्य गर्न ओली–मोदीवीच चार बुँदे सहमति भएको खुलासा


kp-oli-modi

२२ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा नयाँ थपिएको हल्ला सुनिएको छ । स्वराजको नेपाल भ्रमणसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच चार वटा विषयमा सहमति भएको समेत खुलासा भएको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार मोदी र ओलीले नयाँ बदलिँदो परिवेशलाई आत्मासात् गर्दै द्धिपक्षीय सम्बन्धलाई आपसी हित अनुकुल अघि बढाउने संकल्प गरेका छन् । नेपालमा तीनै तहका निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका तीन वटै ठूला दलका नेतालाई फोन गरेर व्यक्तिगत रुपमै बधाई दिएका थिए । यसमा पनि उनले खास महत्व भने एमाले अध्यक्ष ओलीलाई नै दिएका थिए ।

उनले एक महिनाको अवधिमा दोहोर्याएर ओलीसँग कुरा गरेका थिए । उनले कुराकानीको दौरानमा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गर्दै भारत भ्रमणको निम्तो समेत दिएका थिए । त्यसको केही दिनपछि नै भारतले नेपालमा विदेशमन्त्री स्वराजलाई नेपाल पठाउने खबर सार्वजनिक गरेको थियो । र, स्वराजले हालै नेपालको भ्रमण गरिसकेकी छिन् । उनको दुई दिने नेपाल भ्रमण एमाले अध्यक्ष ओलीकै निम्तोमा भएको हो पनि भनिएको छ ।

ओली–मोदीवीच चार बुँदे सहमति :

ओली र मोदीवीच भएका महत्वपूर्ण चार सहमति अनुसार पहिलो रहेको छ । ओलीको निमन्त्रणमा मोदी नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनको नेपालका मुक्तिनाथ र जनकपुरको जानकी मन्दिर घुम्ने अधुरो चाहना ओलीले नै पूरा गराउने भएका हुन् । जुन कुरा ओलीले मोदीसँगको टेलिफोनवार्तामा समेत भनिसकेका छन् । रमाईलो त के भने, मोदीले पनि ओलीलाई प्रधानमन्त्री बन्नुपुर्व नै भारत भ्रमणको निम्तो दिए । र, ओलीलाई स्वागत गर्न आफूहरु आँतुर रहेको मोदीको वचन थियो ।

पहिलो सहमतिमा दुवै नेताले एक अर्काको देशको भ्रमण गर्ने रहेको छ । उनीहरुको समझदारी भनेको नै द्धिपक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने । यो खबर रिपोर्टर्स नेपाल वाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !