काठमाडौं । ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालवीच लामो समयसम्म छलफल भएको छ ।
विशेष स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् ।विशेष स्रोतका अनुसार नेता घनश्याम भुसालले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पार्टी एकता जोगाउन उपायबारे छलफल गर्न सकिने धारणा राखेका छन् । तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।