काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेपछि आफ्नो प्रतिक्रिया दिएकी छिन् । शान्ता चौधरीले आज सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख्न आग्रह गरेकी छिन् ।
शान्ता चौधरीले लेखेकी छिन्,‘रातो झण्डा बर्गिय मुक्तिका लागि बोकेको हो । तिमी जति फरक बिचारलाई प्रतिबन्ध लगाउन खोज्छौ , आवाजहरुलाई छेक्न खोज्छौ , बहसबाट तर्सन्छौ त्यति नै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख ।’
रातो झण्डा बर्गिय मुक्तिका लागि बोकेको हो । तिमी जति फरक बिचारलाई प्रतिबन्ध लगाउन खोज्छौ , आवाजहरुलाई छेक्न खोज्छौ , बहसबाट तर्सन्छौ त्यति नै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख ।
— Shanta Chaudhary (@shantadangnepal) March 3, 2021
यो पनि पढ्नुहोस्
शान्ता चौधरीको सचेतक पद खोसियो, केन्द्रीय सदस्यवाट समेत निष्कासन