१३ आश्विन २०८१, आइतबार

६ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक सकियो


pradesh 6

२१ माघ, सुर्खेत । ६ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा सकिएको छ । शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेशसभामा अन्तरीम कार्यविधि सर्वसम्तीले पारित गरेको छ ।

सिँचाइ डिभिजन कार्यालय सुर्खेतको भवनमा दिउँसो १ बजे सुरुभएको वैठक झण्डै १ घण्टा बसेको थियो । यसअघि, प्रदेश सभाको पहिलोे अधिवेशनमा सहभागी हुन आउने सांसदलाई खादा लगाएर संसद् सचिवालयले स्वागत गरेको थियो । मूल ढोकादेखि सभाहलको ढोकासम्म रातो कार्पेट बिछ्याइएको थियो ।
अर्को बैठक माघ २९ गते दिउँसो १ बजे सम्मका लागि स्थगित भएको सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !