१३ आश्विन २०८१, आइतबार

६ नम्बर प्रदेशको बैठकको तयारी पुरा


प्रदेश नम्बर ६

२० माघ, सुर्खेत । प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठक २१ गतेका लागि तयारी पूरा भएको छ । तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् । पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ । सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो ।

“प्रदेश संसद् बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौँ” प्रदेश संसद् सचिव सञ्जय दाहालले भने, “संसद् भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।” पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !