१४ आश्विन २०८१, सोमबार

ओली र भारतीय विदेश मन्त्री स्वराजको सोल्टी होटलमा भेटवार्ता


oli and shusma

१८ माघ , काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजवीच ‘वान टु वान’ भेटवार्ता भएको छ । राजधानीको सोल्टी होटलमा ओली र स्वराजवीच साँझ पौने सात बजेदेखि भेटवार्ता सुरु भएको हो ।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुई दिने नेपाल भ्रमणका लागि बिहीबार दिउँसो ४ बजे विशेष विमानवाट काठमाण्डौ ओर्लिएकी स्वराजले पहिलो राजनीति भेट ओलीवाट सुरु गरेकी हुन् । ओली र स्वराजवीच के कुराकानी भयो भन्ने खुलाइको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले भेटमा स्वराजले ओलीलाई एमालेको चुनावी जीतका लागि बधाई दिएको र दुई पक्षीय विषयमा कुराकानी भएको जानकारी दिएका छन् । एमालेले स्वराजको सम्मानमा सोल्टी होटलमा रात्रीभोजको आयोजना गरेको छ ।

एमालेको रात्रीभोजपछि मधेसकेन्द्रीत दुई दल राजपा र फोरमका नेताहरु पनि स्वराजलाई भेट्न सोल्टी होटल पुग्दैछन् । यसअघि त्रिभुवन विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्वराजले आफू कुनै एजेन्डा ल्याएर नेपाल नआएको बताएकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !