७ जेष्ठ २०८१, सोमबार

भारतीय विदेशमन्त्री स्वराज काठमाण्डौमा


sushma swaraj

१८ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाण्डौ आइपुगेकी छन् । दुईदिने भ्रमणका लागि उनी सँग भारतीय वायुसेना तथा स्वराजका साथमा भारतका नवनियुक्त विदेशसचिव विजय केशव गोखले, मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली विमानवाट अपराह्न ४ बजे काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।

विमानस्थलवाट विदेशमन्त्री स्वराज सिधै होटल सोल्टी प्रस्थान गरेकी छन् । त्यहाँ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीवाट राजनीतिक भेटघाटको सुरुवात गर्नेछिन् । स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !