७ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गम्भीर रोगको आशंका, उपचार गर्न भारत जाँदै


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो स्वास्थ्य उपचार गर्नको लागि भारतको नयाँ दिल्ली जाँदै छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

पेट सम्बन्धी समस्याबाट पीडित भट्टराई लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेका हुन् ।

उनको दिल्लीको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँ दिल्लीमा रहनेछन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गम्भीर रोगको आशंका, उपचार गर्न भारत जाँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !