७ जेष्ठ २०८१, सोमबार

भारतीय विदेश मन्त्री स्वराज बिहीबार नेपाल आउने


svoraj

१६ माघ, काठमाण्डौ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाटका लागि बिहीबार नेपाल आउने भएकी छन् । भारतीय विदेश मन्त्रालय सोमबार साँझ विज्ञप्ति जारी गर्दै स्वराजले फेब्रुअरी १ र २ (माघ १८ र १९) मा नेपालको भ्रमण गर्ने जनाएको छ ।

मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच भइरहने उच्च तहको राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ । स्वराजको भेटघाटमा राजनीति भेटघाट र दुई देशका साझा हितका विषयमा कुरा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

स्वराजको नेपाल तय गरेर विदेश मन्त्रालय विज्ञप्ति जारी गरे पनि नेपालको परराष्ट्र मन्त्रालयमा उनको भ्रमणबारे औपचारिक जानकारी आइसकेको छैन । ‘सोमबार उहाँ आउन सक्ने भन्ने कुरा आएको थियो, कतिबेला आउने के, के गर्ने भन्ने केही कुरा हामीलाई थाहा छैन,’ मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारीले भने, ‘आज विदा परेकाले अब भोलि मात्र उहाँको भ्रमण बारे औपचारिक जानकारी आउँछ कि ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !