१२ आश्विन २०८१, शनिबार

नेपाली कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा


नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा. डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते भएका छन् र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन् । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसँग माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !