११ पुस २०८१, बिहीबार

आफुले सुविधा नपाएको भन्दै उपमेयरले माइन्युट च्यातिन्


Meena-yadav

१५ माघ, जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्ताववमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनले आरोप लगाइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !