१२ असार २०८१, बुधबार

कमल थापा भन्छन्, ‘काँग्रेस र कम्युनिष्टसँग जनता वाक्कदिक्क भए’


कमल थापा फाइल फोटो

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए ।

आज पार्टीको हेटौंडा-५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभाव सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गरे । उनले धार्मिक द्वन्द चर्केर जाने खतराप्रति पनि चिन्ता प्रकट गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको बताउँदै निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको बताए । थापाले विकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो ।

कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !