१२ आश्विन २०८१, शनिबार

प्रदेश संसदको पहिलो बैठक अघि नै मुख्यमन्त्री चयन गर्नुपर्ने पोखरेलको धारणा


sankar pokhrel

१२ माघ, काठमाण्डौ । ५ नम्बर प्रदेश को मुख्यमन्त्री बन्न लागेका नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रदेश संसदको पहिलो बैठक बस्नुअघि सरकार गठन हुनुपर्ने बताएका छन् । एमाले संसदीय दलको नेता चयन भइसकेका पोखरेलले प्रदेश प्रमुखले मिति तोकेर मुख्यमन्त्रीका लागि आह्वान गर्नुपर्ने धारणा व्यक्त गरे ।

पोखरेलले भने पहिलो बैठकमा प्रदेश प्रमुखले के बोल्ने,कसको तर्फवाट बोल्ने ? मुख्यमन्त्री चयन नभई संसद बैठक बस्ने कुरा उल्टो हुन्छ भन्ने मेरो धारणा हो ।’ पोखरलले यस विषयमा आफ्नो प्रदेशका प्रमुखलाई पनि सुझाव दिएको बताए ।

‘निश्चित मिति तोकेर प्रदेश प्रमुखले सरकार गठनको लागि सार्वजनिक सूचना जारी गर्नुपर्छ भनेर मैले सुझाव दिएको हुँ’ पोखरेलले भने ‘बहुमतप्राप्त संसदीय दलको नेता मुख्यमन्त्रीको दावी सहित जान्छन्, नहुनेले अर्को दलको सहमति सहित दाबी गर्न सक्छ’ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !