११ असार २०८१, मंगलबार

प्रचण्ड-नेपाल समूहले ६ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे बास्कोटाको आरोप


गोकुल बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले आफूले भोलि सबै अखबार पढ्ने जनाएका छन् । उनले आज गरेको दाहाल–नेपाल समूहको बन्द, हड्तालबाट नागरिकले भोग्नुपरेको सास्तीबारे समाचार छापिएको हेर्न पनि भोलिका अखबार पढ्ने बताएका हुन् ।

बास्कोटाले भोली आउने अखवारमा प्रचण्डको एमसीसी राजनीतिको कुनै विद्धानले विषद चर्चा पढ्न पाउने बताएका छन् । नेता बास्कोटाले प्रचण्ड-नेपाल समूहले आयोजना गरिएको बन्द, हड्तालले खाजापसल खाेलेकाेमा छ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे र काजाेल खातुन बन्नबाट बचेका एक ट्याक्सी चालककाे कथा छापिएकाे पढ्न पाउने बताएका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता बास्कोटाले भनेका छन्, “भाेली चै सबै अखवार पढ्ने भँए । जहाँ, प्रचण्डकाे mcc राजनीतिकाे कुनै विद्धानले विषद चर्चा गरेकाे हाेस,खाजापसल खाेलेकाेमा छ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे र काजाेल खातुन बन्नबाट बचेका एक ट्याक्सी चालककाे कथा छापिएकाे हाेस।मालिककाे आदेश मात्र सम्चार हुन्छ क्यारे नेपालमा ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !