१२ आश्विन २०८१, शनिबार

अाजदेखि अाचारसंहिता लागु, भोट हाल्न सिकाउँदै अायोग


१२ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न शुक्रबारदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने आयोगले सूचनामा उल्लेख छ ।  तालिम लिएर गएका निर्वाचन अधिकारीले आ–आफ्ना जिल्लामा राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई भोट हाल्ने तरिका सिकाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !