१२ श्रावण २०८१, शनिबार

म्यान्मामा संवैधानिक एवं लोकतान्त्रिक प्रक्रिया पुनः स्थापना हुने नेपालको विश्वास


परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारले म्यान्मामा विकसित पछिल्ला घटनाक्रमलाई नजीकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षले म्यान्माका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गरी म्यान्मामा लोकतान्त्रिक एवं संवैधानिक प्रक्रिया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त रहेको जनाएको छ ।

राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सुचीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्तिमा उहाँहरुको तत्काल रिहाइका निम्ति आह्वान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !