१२ आश्विन २०८१, शनिबार

वाम कार्यदलको निर्णय : प्रदेशमा १० प्रतिशत मात्रै मन्त्री बनाइने


bam karedal

११ माघ, काठमाण्डौ । एमाले र माओवादीका नेताहरु प्रदेश सरकारमा १० प्रतिशतभन्दा नबढ्ने मन्त्रीहरु छनोट गर्न सहमत भएका छन् । संविधानले भने प्रदेशमा कुल सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने ठाउँ दिएको छ ।

सिंहदरबार बसेको वाम कार्यदलको बैठकले प्रदेश सरकारमा १० प्रतिशतमात्रै मन्त्री बनाउने सहमति गरेको हो । आफूहरुले मुख्यमन्त्री सहित सरकार बनाउने प्रदेशमा १० प्रतिशत भन्दा बढी मन्त्री नबनाइने बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

संविधानले प्रदेशमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने व्यवस्था गरे पनि देशभरि मन्त्रीको संख्या धेरै हुने भएकाले १० प्रतिशतमात्रै मन्त्री बनाइने सहमति भएको बैठकमा सहभागी नेताले बताए ।

वाम गठबन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार गठन गर्ने देखिन्छ । ती प्रदेशहरुमा सानो संख्याको प्रदेश सरकार बन्ने नेताहरुले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !