काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रिय सदस्य म्यादी प्रहरी जस्ता भएको बताएका छन् । आज शनिबार प्रचण्ड-नेपाल समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै उनले केपी ओलीको नेकपा पार्टी डुब्लिकेट पार्टी भएको पनि बताएका छन् ।
यस्तै उनले केपी ओलीले देशलाई अस्तव्यस्त बनाउनुका साथै चुनाव पनि नगराउने बताएका छन् । उनले केपी ओलीको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भएको बताउदै सोही घटनाले आफूलाई अब सरकारको लक्षण राम्रो छैन भन्ने लागेको उनको टिप्पणी पनि गरेका छन् ।
नेपालले केपी ओली सरकारको पहिलो गाँसमा नै झिंगा पसेर उक्त सरकारको लक्षण राम्रो नभएको आफूले बताएको स्मरण गरे । उनले आजसम्म पनि निर्मलाका अपराधीलाई सजाय दिन नसकेको भन्दै ओलीको आलोचना गर्दै ओली बनाउने मान्छे नभएर बिगार्ने मान्छे भएको उनले टिप्पणी गरे ।