२१ बैशाख २०८१, शुक्रबार

संसद विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ : कमल थापा


कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत नभएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन, संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति बताएका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै अध्यक्ष थापाले केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुने बताए ।

अध्यक्ष थापाले लेखेका छन्, “नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत छैन।
नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन।संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो।केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिकोलागि पनि ताजा जनादेश उपयुक्त हुन्छ।
बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा केही अस्पष्टता छ,त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ।यसमा व्याख्याको जरुरी छ।संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो।
संविधानको आशय स्थिरता हो। विघटनले होइन,पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ।
विगतको अनुभव दृष्टिगतगर्दै संविधानले स्थिरतालाई जोडदिएको हो।चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर,सांसद किनबेच गरेर,अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन।वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।
निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जनागर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउंछ। सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णयगर्न ढिलो हुंदा राजनीतिक दल/नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !