१२ आश्विन २०८१, शनिबार

सातवटै प्रदेश प्रमुखमा सचिव तोकिए


nepal map

११ माघ, काठमाण्डौ । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।

कामु सचिव यादव कोइरालालाई प्रदेश नं १ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई २ नम्बर प्रदेशको प्रमुख सचिवमा खटाइएको छ ।

त्यस्तै गरी ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !