८ माघ, गोरखा । प्रदेश सांसद् प्रकाशचन्द्र दवाडीले आफूले पाउने सबै सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताएका छन् । सोमवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गोरखा क्षेत्र नम्वर २ ‘ख’ का प्रदेश सांसद् दवाडीले राज्यले दिने सेवा–सुविधा विकास निर्माणमा खर्च गर्ने बताएका हुन् । खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उक्त रकम खर्च गर्ने उनले बताए ।
प्रत्येक वडामा १२ महिना गाडी गुड्न मिल्ने मोटरबाटोसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका योजनालाई प्राथमिकता दिने उनले पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।