६ जेष्ठ २०८१, आइतबार

प्रदेश नम्बर २ शपथग्रहण : नेपालीमा सुन्ने आफ्नै भाषामा खाने


pradesh number 2

७ माघ, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेशसभा सदस्यहरुले कुन भाषामा शपथ खुवाउने भन्ने विवादका बाबजुद नेपाली भाषामा शपथग्रहण गराएका छन् । प्रदेशसभा सदस्यको जेष्ठताको आधारमा ललनलाल चौधरीले नेपाली भाषामा शपथ खुवाएका थिए भने, अन्य सदस्यहरुले आ–आफ्नो भाषामा शपथग्रहण गरेका छन् ।

जनकपुरस्थित उद्योग वाणिज्य संघको राजर्षि जनक सभाहलमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थवाट जेष्ठ सदस्य ललनलाल चौधरीले नेपाली भाषामा शपथ लिएपछि चौधरीले नेपाली भाषामै शपथग्रहण गराएका थिए ।

यद्दपि, प्रदेशसभा अधिकांश सदस्यहरुले नेपाली शपथ नलिने भन्दै विरोधका बाबजुद एमालेका जेष्ठ सदस्य ललनलाल चौधरीले नेपालीमा शपथग्रहण गराएका थिए भने, अन्य सांसदहरुले मैथिली, नेपाली, भोजपुरी र हिन्दी भाषामा समेत शपथग्रहण गरेका थिए । विवादका क्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता मनीष सुमनले मैथिलीमा शपथ लिने जिकिर गरे पनि राजपाकै अर्को नेता जितेन्द्र सोनलले हिन्दीमा शपथ लिएको नेताहरुले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु