७ जेष्ठ २०८१, सोमबार

राष्ट्रियसभा सदस्यका लागि एमाले प्रदेश २ ले गर्‍यो ५५ जनाकाे नाम सिफारिश


emale

६ माघ, लहान । प्रदेश नं २ वाट नेकपा (एमाले) संगठन समितिले राष्ट्रियसभाका लागि ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ वाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

सिरहावाट रामचन्द्र यादव, जया घिमिरेसहित १३, सप्तरीवाट सुमनराज प्याकुरेल, धनुषावाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२, पर्सावाट प्रभु हजरा र निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश गर्ने निर्णय भएको छ ।

मण्डलका अनुसार, रौतहटवाट रोहित पासवान, बिना साहसहित पाँच, सर्लाहीवाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच, बारावाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार र महोत्तरीवाट रामदयाल मण्डलसहित चार जनाको नाम सिफारिश भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !