१८ पुस २०८१, बिहीबार

जनआक्राेशकाे ज्वालासामु शाही जर्नेलहरू समेतले त्यागेपछि ज्ञानेन्द्र वनवास लखेटिएका हुन् : खगेन्द्र संग्रौला


खगेन्द्र संग्रौला

काठमाडौँ । नेपालका प्रगतिशील साहित्यकार, समालोचक, लेखक खगेन्द्र संग्रौलाले पूर्वराजा ज्ञानेन्द्रलाई दह्रो कटाक्ष गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज विहान लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्रले “राजगद्दी त्यागेर उच्च साहस र इमानदारी प्रदर्शन गरेकाे” धक्कु लगाएको बताएका छन् ।

साथै उनले निरङ्कुशता, प्रलाेभन र अहंकारका कारण कुख्यात भई जनआक्राेशकाे अदम्य ज्वालासामु शाही जर्नेहरू समेतले त्यागेपछि ज्ञानेद्र वनवास लखेटिएका हाेइनन् र ? ढाँटेकाे कुराे काट्टे ठहर्दैन, मान्यवर ! भनेर प्रश्न समेत गरेका छन् ।

पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्तीको अवसरमा हिजो शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले “राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्,” भनेका थिए ।

पूर्वराजाको उक्त सन्देश आएपछि लेखक संग्रौलाको यस्तो प्रतिक्रिया स्वरुप आफ्नो धारणा अभिव्यक्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु