७ मंसिर २०८१, शुक्रबार

रवीन्द्र मिश्रलाई प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालकाे ‘धम्की’


रवीन्द्र मिश्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई धम्की दिँदै सीमामा बस्न भनेका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गर्नुभएकाे थियाे । उहाँले लेख्नुभएकाे थियाे, “कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !”

उक्त ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘ सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

जवाफमा रवीन्द्र मिश्रले लेख्नुभएकाे छ- ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !