२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र विक्रम पाण्डेको चुनाव खर्च पत्याउनै मुश्किल


prachanda and bikram pande

४ माघ, चितवन । प्रदेश नं ३ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले मोटै रकम खर्च गरेको चर्चा भए पनि खर्च विवरणमा भने धेरै कम छ । निर्वाचन आयोगमा बुझाएको खर्च विवरण न प्रचण्डको पत्याउने खालको छ न पाण्डेको नै ।

प्रचण्ड र पाण्डेवीच चुनावी प्रतिस्पर्धाजस्तै खर्चमा पनि उच्च प्रतिस्पर्धा नै थियो । उनीहरुले यति नै रकम खर्च गरे भन्ने विषयमा अनेक चर्चा भए पनि दुवैको चुनाव खर्च करोड घटी नभएको चर्चा चितवनमा हुने गरेको छ । प्रचण्डले नौ लाख ९४ हजार ५४२ र पाण्डेले नौ लाख ३९ हजार ९४० रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

जिल्लामा तीन निर्वाचन क्षेत्रका कुल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !