१२ आश्विन २०८१, शनिबार

नियुक्ति लगायतका कार्य रोक्न एमालेको आग्रह


emale party

३ माघ, काठमाण्डौ । नेकपा एमालेले वर्तमान सरकारको गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएको छ । एमालेको मुख्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले केही दिनयता सरकारले गरेका नियुक्ति, सरुवा, बढुवा जस्ता कार्य तत्काल रोक्न आग्रह गरेको हो ।

एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकको निर्णय जानकारी दिँदै एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले कामचलाउ सरकारको उक्त कार्य ज्यादतीपूर्ण भएको भन्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘नयाँ सरकार बन्न एकदमै नजिक पुगिसकेको छ। चुनावको परिणाम आइसकेको छ । राष्ट्रियसभाको निर्वाचनको मिति तोकिसकेको छ’, भट्टराईले भने, ‘सरकारले पछिल्ला दिनमा विभिन्न ठाउँमा नियुत्ति गर्ने, दरबन्दी बढाउने, सरुवा बढुवा गर्ने, राष्ट्रिय ढुकुटी रकमान्तर गर्ने गरेको छ ।

तोकिएको मितिमा आवश्यक प्रक्रिया पूरा गरेर सरकारले निर्वाचन सम्पन्न गरोस्।’ सरकारले प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी राजधानी तोक्ने सन्दर्भमा भने आफ्नो काम गर्नसक्ने एमालेले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !