९ असार २०८१, आइतबार

“नेपालको बहुजातीय/बहुसांस्कृतिक चरित्रको रक्षा/सम्मान गरौं, राष्ट्रिय एकता सुदृढ गरौं”


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन् । जसपाका अध्यक्ष समेत रहेका भट्टराईले तमु ल्होसार,उधौली पर्व,योमरी पुन्ही,धान्यपूर्णिमा लगायत नेपालका विविध जाति/राष्ट्रियताको साझा उत्सवको दिन (पौष १५) को शुभकामना व्यक्त गरेका छन् ।

भट्टराईले सामाजिक संजालमा एक स्टाटस लेख्दै नेपालको बहुजातीय/बहुसांस्कृतिक चरित्रको रक्षा/सम्मान गरौं, राष्ट्रिय एकता सुदृढ गरौं भन्दै आग्रह समेत रहेका छन् ।

भट्टराईले लेखेका छन्, “तमु ल्होसार,उधौली पर्व,योमरी पुन्ही,धान्यपूर्णिमा लगायत नेपालका विविध जाति/राष्ट्रियताको साझा उत्सवको दिन ( पौष १५ ) सबैमा हार्दिक शुभकामना! नेपालको बहुजातीय/बहुसांस्कृतिक चरित्रको रक्षा/सम्मान गरौं; राष्ट्रिय एकता सुदृढ गरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !