९ असार २०८१, आइतबार

वाम कार्यदलको बैठक बस्दै


bamgathabandan

३ माघ, काठमाण्डौ । राष्ट्रियसभाका ५६ सिटमा ७०/३० प्रतिशतको अनुपातमा नेकपा एमाले र माओवादी केन्द्रवीच बाँडफाँड हुने भएको छ । आज बस्ने वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँदैछ ।

निर्वाचन आयोगवाट प्राप्त मत सहितको तथ्याङ्क अघिल्लो बैठकमा एमालेले माओवादी नेताहरुलाई समेत दिएको थियो । बैठकमा माओवादी नेता रामवहादुर थापा बादलले प्रत्येक प्रदेशमा रहेका सम्बन्धित पार्टीको मतसंख्याका आधारमा सिट बाँडफाँट हुने बताएका थिए ।

स्रोतका अनुसार स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्दैछ ।

आजको बैठकमा माओवादीलाई कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने तयारी सहित आउन भनिएको कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेले बताए । उनले बाँडफाँड ७०/३० कै हाराहारीमा हुने आधार मतसंख्याले देखाएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !