१३ आश्विन २०८१, आइतबार

राष्ट्रपतिमा दोहोरिने भण्डारीको चाहना


bidhya-bhandari

२ माघ, काठमाण्डौ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गत मंसिरमा सम्पन्न पछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति\उपराष्ट्रपति, सभामुखरउपसभामुखको चर्चा चुलिँदै गएको छ । निर्वाचनमा ६०\४० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति\उपराष्ट्रपति, सभामुख\उपसभामुख वाम गठबन्धनवाटै हुने देखिएको छ । वाम गठबन्धनवाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीले आन्तरिक गृहकार्य मजबुद बनाएका छन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक ‘लबिङ’ तीव्र पारेका छन् ।

पार्टी एकतापूर्व भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति हुनेगरी गृहकार्य भएको थियो। पछिल्लो समय नेता नेपाल राष्ट्रपति भन्दा पार्टीमा सक्रिय राजनीति गर्ने पक्षमा रहेको उनी निकटका नेताहरू बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !