१२ आश्विन २०८१, शनिबार

देउवाको नयाँ चालः भित्तामा गगन, प्रवक्तामा विश्वप्रकाश !


gagan thapa prakash

२७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी नेतृत्वलाई चुनौती दिँदै आएका ‘सात भाइ’ को समूहमा ब्रेक लगाउन सफल भएका छन् । चुनावमा कांग्रेसले हार व्यहोरेपछि युवा नेताहरु धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माले एकै ठाउँमा उभिएर नेतृत्व परिर्वतनको पक्षमा लविङ सुरु गरेका थिए ।

तर, देउवाले एकाएक विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाएसँगै यो समूहमा खैलाबैला मच्चिएको छ । देउवाको यो निर्णयलाई नेतृत्व परिर्वतनको माग गर्ने युवाहरुलाई फुटाउने देउवाको रणनीतिका रुपमा लिइएको छ । युवा पुस्ताका विश्वप्रकाशलाई मोहोरा बनाएर युवालाई नै तह लगाउने देउवाको रणनीतिका रुपमा यसलाई हेर्न थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !