१३ असार २०८१, बिहिबार

डा.बाबुराम भट्टराईको प्रश्न: “हाम्रो राष्ट्रिय विमर्शमा यी दुई कुरा खै ?”


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो राष्ट्रिय विमर्शमा यी दुइ कुरा खै भन्दै प्रश्न गरेका छन् । डा.भट्टराईले समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगता भन्दै प्रश्न गरेका छन् ।

डा. भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “हाम्रो राष्ट्रिय विमर्शमा यी दुइ कुरा खै?१.समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगता?विश्व इतिहाससिद्ध तथ्य भन्छ-निरन्तरतामा क्रमभंगता!अर्थात् आवधिक रचनात्मक ध्वंस!हामीकहाॅ चैं जनयुद्ध,मधेस विद्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता,विद्वान कहलिन्छ!अनि देश बन्छ?.२ इतिहास भन्छ-क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयाॅ संरचना संस्थागत हुन्छन र देश बन्छ।हामीकहाॅ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले१८महिनामा फाले!पछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी/मधेसवादीलाई९महिनामा ओलीले फाले र हिरो बने!अनि देश बन्छ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !