१३ असार २०८१, बिहिबार

जननी जनयुद्ध र वृहद शान्ति-सम्झौतालाई बिर्सेर वा अवमूल्यन गरेर देश र समाज अघि बढ्दैन : डा. भट्टराई


वृहद शान्ति-सम्झौता

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति-सम्झौतालाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि नबढ्ने बताएका छन् ।

एक स्टाटस लेख्दै डा. भट्टराई नयाॅ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढून्, क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुने बताएका छन् ।

डा. भट्टराईले लेखेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति-सम्झौता(जसमा मधेस जनविद्रोह लगायत पूरक बनेका थिए)लाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि बढ्दैन है !नयाॅ पुस्ताले शान्तिसम्झौताको पूर्ण पाठ पढून्।क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !