९ असार २०८१, आइतबार

राष्ट्रपति–प्रधानमन्त्री बिच भेटवार्ता, प्रदेश प्रमुख तोक्ने विषयमा छलफल


gmb

२४ पुस, काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले प्रदेशको अस्थायी मुकाम जनताको लागि सहज हुनेगरि तोक्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन् ।

प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत ब्यक्त गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !