९ मंसिर २०८१, आइतबार

ओलीको सन्देश बोकेर गएका पौडेललाई प्रचण्डले दिए कडा चेतावनी


प्रचण्ड तस्विर: फाइलवाट

काठमाडौं, २४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद पछिल्लो समय चर्किदै गएको छ । पार्टी भित्रको विवाद मिलाउनको लागि पार्टी भित्रका धेरै नेताहरु एक भएका छन् । तर पनि पार्टीको विवाद भने अन्त्य हुन सकेको छैन । पार्टीका वरिष्ठ नेताहरुले नै पार्टी फुटको संघारमा पुगेको बताउन थालेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ सदस्यले भेटेरै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक डाक्न आग्रह गरे पनि ओलीले तत्काल बैठक बोलाउने पक्षमा आफू नरहेको सन्देश महासचिव विष्णु प्रसाद पौडेलमार्फत दाहाल समूहलाई पठाईसकेका छन् ।

प्रधानमन्त्री ओलीको उक्त सन्देश बोकेर महासचिव पौडेलले आजको भोलि नै बैठक बस्न नसक्ने जानकारी गराएका थिए । तर, अध्यक्ष दाहालले भने आफू पार्टीको कार्यकारी अध्यक्ष भएको र सचिवालयका बहुमत सदस्यहरुले बैठक बोलाउन माग गरिसकेकोले जतिसक्दो चाँडो बैठक बस्नुपर्ने कुरा सम्झाएका थिए । साथै अध्यक्ष दाहालले भोलिसम्म पनि ओलीले बैठक बोलाउने तयारी नगरे आफूले नै बैठक बोलाउने चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !