१३ आश्विन २०८१, आइतबार

सर्वदलीय बैठक बालुवाटारमा सुरु


all-party-meeting-0412018054214-1000x0

२० पुस काठमाण्डौ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको ५ दलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओली बाहेक सबै दलका शीर्ष नेताहरुको बैठकमा उपस्थिति रहेको छ ।

माओवादी केन्द्र तर्फवाट अध्यक्ष पुषपकमल दाहाल, रामबहादुर थापा, एमालेका तर्फवाट सुवास नेम्बाङ, भीम रावल कांग्रेसका तर्फवाट रामचन्द्र पौडेल, शशांक कोइराला, राजपा संयोजक महन्थ ठाकुर लगायत अन्य नेताहरु पनि बालुवाटारमा जारी बैठकमा सहभागी छन् ।

प्रदेश प्रमुख तोक्न निर्वाचन आयोगले ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारवाटै राजनीतिक परामर्श गरेका हुन् । ‘सर्वदलीय बैठकमा सहमति जुटे त्यहीअनुसार, नजुटे स्वतन्त्र र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले थाल्नुभएको कुरा बालुवाटार स्रोतले बटार, ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !