६ जेष्ठ २०८१, आइतबार

संसद बैठकको तयारी, राष्ट्रियसभा रातो, प्रतिनिधिसभा नीलो हुने


१८ पुस, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकका लागि संघीय संसद सचिवालयले तयारी तीव्र पारेको छ । राष्ट्रियसभामा ५९ प्रतिनिधिसभामा २७५ सदस्यका लागि सबै व्यवस्थापनको काम भइरहेको संसद सचिवालयले जनाएको छ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले भने, “दुईवटै बैठकको व्यवस्थापन गर्ने तयारीकै क्रममा छौं,” “प्रतिनिधिसभाको बैठक पहिलेकै हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक नुप्से हलमा राख्ने तयारी स्वरुप काम भइरहेको छ ।”

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको तयारीका लागि आवश्यक पर्ने पूर्वाधारका लागि ३ करोड ४८ लाख बजेट अहिले संसद सचिवालयले विनियोजन गरेको छ।

पुनः सम्झौता प्रत्येक २–२ वर्षमा हुनेछ। अहिले कम्तिमा पनि ६ वर्षको लागि आवश्यक पर्ने देखिएकाले त्यो अवधिसम्मका लागि संसद सचिवालयले नै प्रयोग गर्ने जानकारी गराइसकेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !