७ मंसिर २०८१, शुक्रबार

युवा नेता गगन थापा र प्रमुख सचेतक खाँणले फिर्ता गरे दसैं भत्ता


गगन थापा

कार्तिक २, काठमाडौँ । कोरोना भाइरसको महामारीमा सरकारी कर्मचारीदेखि सांसदहरु समेत दशैं भत्ता लिइरहेको बेलामा नेपाली कांग्रेसका युवा नेता सांसद गगन थापाले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् ।

नेता थापाले आफ्नो खातामा आएको दसैं भत्ता बापतको नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको बताए । नेता थापासँगै प्रमुख सचेतक बालकृष्ण खाँणले समेत दसैं भत्ता फिर्ता गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरेर खाँणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !