७ पुस २०८१, आइतबार

सम्पूर्ण शक्ति विवेकसहित जुटौँ : गृहमन्त्री थापा


रामबहादुर थापा

काठमाडौँ, २७ असोज । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।

“आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई अझ विस्तार गर्ने र उठाउने दिन हो । हाम्रा प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक छ”, गृहमन्त्री थापाले भन्नुभयो, “एकअर्काबीचको समन्वय र सहकार्यमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता हो ।”

नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्कीले विपद् जोखिमका घटना बढिरहँदा नेपालगायत विकासन्मुख मुलुकले ठूलो नोक्सान ब्यहोर्नुपरेको हुँदा बनाइएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले मुलुकका साधनस्रोत परिचालन गरी रोजगारी सिर्जना गर्दै सुशासन र जवाफदेही बनाउने कार्यमा विपद् व्यवस्थान न्यूनीकरण कार्यक्रमलाई जोडेर लैजाने नीति र कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । नेपालमा हरेक वर्ष बाढी÷पहिरो, चट्याङ, आगलागी, शीतलहर जस्ता प्राकृतिक प्रकोप र विपद्का घटनाबाट ठूलो जनधजनको क्षति हँुदै आएको छ । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !